सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

आश्विन ७, २०८२ |पोषनाथ अधिकारी
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ ।

राती १ बजे गएको पहिरो एक पटक पन्छाइएको भए पनि पछि ठूलो पहिरो झरेपछी अहिले बाटो दुईतर्फ नै अवरोध रहेको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले अहिले सम्म पहिरो पन्छाउने काम सुरु हुन नसकेको धादिङका प्रहरी प्रमुख भेसराज रिजालले बताउनुभयो ।

बाटो अबरुद्ध हुँदा धेरै सवारी रोकिएका छन । ट्राफिक प्रहरीले पहिरो पन्छाउन समय लाग्ने हुनाले सुरक्षित भएर लेन अनुशासन कायम गरि बसिदिन अनुरोध गरेको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।