काभ्रे । ऊर्जामन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल (धुलिखेल-खावा) सडक बिस्तार आयोजनाको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ ।
तत्पश्चात उहाँले तातोपानी नाका खुलाउनसम्बन्धी अवस्थाको समेत अनुगमन गर्नुभएको छ । आयोजना हेर्ने इञ्जिनियर विवेक पान्डेका अनुसार मन्त्री घिसिङले अनुगमनका क्रममा चाडपर्व लक्षित सूर्यविनायक–धुलिखेल सडकका खाल्डाखुल्डी तत्काल पुर्न र छिटो कालोपत्रे पूरा गर्न निर्देशन दिनुभएको थियो ।
साथै, हालसम्म यस सडकको भौतिक प्रगति करिब ४५ प्रतिशत मात्र भएको पनि पान्डेले जानकारी दिनुभयो । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अहिले मन्त्रीसहितको टोली धुलिखेल-खावा सडक हुँदै तातोपानी नाका नजिकै रहेको बिग्रिएको क्षेत्रमा पुग्ने गरी अगाडी बढिरहेको बताउनुभयो ।
मन्त्रीले तत्काल चाडबाडमा सहज बनाउन र कालो पत्रे तत्काल सक्न धुलिखेल सुर्यबिनायकसँगै धुलिखेल-खावा सडक आयोजना र अरनिको राजमार्ग सहजताका लागि समेत उतरी नाकासम्म अनुगमन गर्नु भएको हो।