काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हरेक राजनीतिक दलका एक-एक सदस्य राखेर मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको प्रस्ताव आफूले अस्वीकार गरेको खुलासा गर्नुभएको छ ।
बीबीसी नेपाली सेवासँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले वृहत मन्त्रिमण्डल बनाउन राष्ट्रपतिले दिएको सुझाव अस्वीकार गरेको बताउनुभएको हो । जवाफमा आफूले राजनीतिमा नलागेको स्वतन्त्र व्यक्ति हुनुपर्ने धारणा राखेको पनि उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीले एक-दुई दिनभित्रै मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भएको र पीएचडी गरेको दलित, सचिव, जनजाति तथा ख्यातिप्राप्त पाइलटलाई मन्त्रिपरिषद्मा समावेश गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।