
काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
बानेश्वरस्थित संघीय संसद् भवनबाहिर सडकमा घाइते भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्याइएका एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो।
यसअघि सिभिल अस्पतालमै उपचारकै क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको थियो। जेन-जी प्रदर्शनले उग्र रूप लिएपछि विभिन्न स्थानमा कर्फ्यु समेत लगाइएकाे छ ।