‘एमसीसी परियोजना सैन्य रणनीतिसँग जोडिएको अवस्थामा खारेज गर्ने मानसिताका साथ सरकार अघि बढ्नुपर्छ’

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘एमसीसी परियोजना सैन्य रणनीतिसँग जोडिएको अवस्थामा खारेज गर्ने मानसिताका साथ सरकार अघि बढ्नुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहणलगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनुपर्ने उहाँको भनाइ छ । 

उहाँले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सारकात्मक भएको पनि टिप्पणी गर्नुभयो । उहाँले आर्थिक सहायतार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा र्पुयाउन सक्ने वा नसक्ने विषय निक्र्यौल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनु भयो ।

राष्ट्रिय पुँजी निर्माणलाई कुण्ठित गर्ने आर्थिक सहायता लिन नहुनेमा उहाँको जोड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.