साफ यू-१७ च्याम्पियन्सिपमा नेपालले आज बंगलादेशको सामना गर्दै

दुवै देश दोस्रो जितको खोजीमा
भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
 साफ यू-१७ च्याम्पियन्सिपमा नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । नेपालले साफ अन्डर सेभेन्टिन च्याम्पियन्सिपमा आइतबार बंगलादेशको सामना गर्दैछ । यो खेल भुटानको राजधानी थिम्पुस्थित चाम्लिङथाम रंगशालामा साँझ पौने ६ बजे सुरू हुनेछ।

नेपाल जारी साफमा दोस्रो जितको खोजीमा छ भने बंगलादेश पनि दास्रो जितको नै खोजीमा रहनेछ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने बंगलादेशले पनि भारतसँग १-०ले पराजित भएको थियो। 

दुवै देशले भुटानलाई मात्रै हराउन सकेका छन्। प्रतियोगितामा अब उपाधि यात्रालाई कायमै राख्नका लागि दुवै टिमलाई जितको निकै दबाब छ। डबल राउन्ड रोबिन शैलीमा हुने प्रतियोगितामा यो पहिलो चरणको अन्तिम खेलसमेत हो। 

त्यसैले नेपाली टिमले पछिल्लो समय देखिएको बंगलादेशको दबदबालाई पछि पार्ने रणनीतिका साथ मैदानमा प्रवेश गर्नुपर्नेछ। यसअघि नेपालका लागि साहारा लिम्बूले मात्रै गोल गरेकी छन्। 

यता बंगलादेशकी सौरभी प्रिति र अल्पी अख्तर निकै उत्कृष्ट सावित हुँदै आएका छन्। यी दुई खेलाडीलाई रोक्नु नेपालका लागि चुनौती हुनेछ।

यसअघिको खेलमा भुटानलाई २-१ ले हराएको नेपालले प्रतियोगितामा पुनरागमन गरेको हो। यो जितलाई कायम राख्नु नेपालका लागि चुनौती छ। अंकतालिकामा अहिले भारत ६ अंकसहित शीर्षस्थानमा छ। समान अंक भएका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.