काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरू हुने बताउनुभएको छ ।
काठमाडौमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने बताउनुभयो । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।
संविधानमा कतिपय विषय छुटेको पनि गृहमन्त्री लेखकको भनाइ छ ।