काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग रहेको भन्दै भारत-चीनबीच भएको पछिल्लो सहमतिको विरोध गरेका छन् ।
प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरुले भूमिको विषय संवादमार्फत् टुंग्याउन सरकारलाई सुझाव दिएका छन् । सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा यो विषय छलफल र संवादको विषय बन्नुपर्ने बताए ।
प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरु आज पनि आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका छन् ।