भौतिकमन्त्री यादवलाई मधेश प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी(विज्ञप्तिसहित)

भाद्र ६, २०८२ |अनिल मिश्र
भौतिकमन्त्री यादवलाई मधेश प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी(विज्ञप्तिसहित)
काठमाडौं । मधेश प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पाउनु भएक‍ो छ । 

मुख्यमन्त्री सतिशकुमार सिंह विदेश जानुभएका कारण कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवले पाउनु भएको ह‍‍ो । मधेश प्रदेश सरकार कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम भौतिक मन्त्री यादवलाई कार्यबाहकको जिम्मेवारी दिईएको मुख्यमन्त्री सिंहले जारी गर्नुभएको पत्रमा उल्लेख छ ।

भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादव मधेश प्रदेश सभामा नेकपा ऐमाले संसदीय दलका नेतासमेत हुनुहुन्छ । निजी भ्रमणका लागि शुक्रबार मलेसिया जानु भएका मुख्यमन्त्री सतिशकुमार सिंहको यहि १० गते नेपाल फर्किने कार्यक्रम रहेको छ । 

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अबधेश झाका अनुसार मलेसियाबाट नेपाल फर्केको ४ दिनपछि भदौ १४ गतेदेखि २१ गतेसम्म त्यहाँको सरकारको निमन्त्रणामा उहाँको स्वीट्जरल्यान्ड जाने कार्यक्रम रहेको छ । 

मुख्यमन्त्री सिंहको साता व्यापी स्वीट्जरल्यान्ड भ्रमणका लागि गएको सोमबार बसेको संघीय सरकारको मन्त्री परिषद्ले बैठकले स्वीकृति प्रदान गरिसकेको प्रेस सल्लाहकार झाले जानकारी दिनुभयो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।