भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौं : मन्त्री पाण्डे

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रुटहरुबारे छलफल हुने बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रुटका विषयमा छलफल हुने बताउनु भयो । 

यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने गरी वार्ता गर्ने उहाँको भनाइ छ । भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको उहाँले बताउनु भयो । 

विमानस्थललाई चलायमान बनाउन त्यहीँ भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन लगायत आवश्यक सबै कुराहरु उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको उहाँले जानकारी दिनुभयाे ।

मन्त्री पाण्डेले विस्तारै सकारात्मक परिणाम देख्न सकिने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.