भक्तपुर । भक्तपुरको सांस्कृतिक नगरी मध्यपुर थिमिको नगदेशमा १२ बर्ष पछि तान्त्रिक भैल प्याखः देखाइएको छ । गाईजात्राको भोलिपल्ट देखि नगदेशको विभिन्न टोल टोलमा रातभर भैल प्याखं देखाउने चलन रहेको छ । आज चौथौ दिन पनि यो नाच विभिन्न स्थानहरुमा देखाइदैँ छ । यो नाच तान्त्रिक विधि अनुसार देखाइने भएकाले नगदेशमा भैल प्याखःको विषेश महत्व रहेको भैल प्याखःका गुरु कृष्ण भक्त घजुले बताउनुभयो।
नगदेश भैल प्याखमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरि पाँच देवगणहरुले विषेश प्रकारको नाच देखाईन्छ। देशमा सहकाल, प्राकृतिक विपत्ती रोक्न ,रोगव्याधि हटाउन पनि यो नाच प्रदर्शन गर्ने गरिएको भैल गुरु घजूले बताउनुभयो ।
यो नाच संचालन गर्न धेरै गाह्रो हुने र नगदेशका प्रति घर धुरी वाट सहभागि हुनुपर्ने र चार दिन लगातार भोल खुवाउनुपर्ने भएकाले खर्चपनि धेरै लाग्ने भएकाले सँचालन गर्न १२ बर्ष नै कुर्नुपर्ने बाध्यता अएको उहाँको भनाई छ ।
यो नाच धाँ वाजा, भुक्ष्या बाजा, पुंगा लगएकातका बाजाको तालमा नाचिने गरिन्छ । यस्तै थिमि लाय्कूबाट सञ्चालन हुँदै आएको लायकु भैल प्याखं पनि गाइजात्राको भोलि पल्ट देखि प्रदर्शन हुँदै आएको छ ।