काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नका लागि बनेको विधेयक भोलि समितिबाट पारित गरेर प्रतिनिधि सभा पठाउने तयारी थियो ।
प्रतिवेदनको मस्यौदा तयार पार्न मंगलबार समिति सभापति कुसुमदेवी थापासहित भूमि, वन, कानुन मन्त्रालयका अधिकारीसहितको बैठक बसेपनि सहमति नजुटेपछि कृषि समितिको बैठक प्रभावित भएको हो ।
समिति सभापति थापाले भने छलफल नसकिएका कारण बैठक स्थगन गरेको प्रतिकृया दिनु भयो । गत आइतबार मन्त्रालयले ल्याएको मस्यौदा अस्पष्ट भएको भन्दै पुन ल्याउन निर्देशन दिँदै बैठक स्थगित भएको थियो ।
अहिले पनि नदी, खोला किनार, बगरमा बसोबास गरेका अव्यवस्थितलाई कसरी व्यवस्थापन गर्ने लगायतमा सहमति जुटेको छैन । उनीहरूलाई कसरी र कुन मोडालिटिमा जग्गा अपलब्ध गराउने विषयमा विवाद छ । समितिको मस्यौदा तयार गर्नका लागि भोलि पनि सरोकारवालाहरूसँग बैठक बस्ने छ ।
तयारी नपुगेको भन्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको भोलिका लागि तय भएको बैठक स्थगित गरिएको छ । सरोकारवाला मन्त्रालयका अधिकारीहरुबीच नै सहमति नजुटेपछि भोलिका लागि तय भएको कृषि समितिको बैठक स्थगित भएको हो ।