दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै सडक अवरुद्द

श्रावण २२, २०८२ |नवीन पौडेल
दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै सडक अवरुद्द

पूर्वी नवलपरासी । आज बिहान ८ बजे पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै सडक चिप्लोको कारण मालवाहक सवारी साधन उकालो उक्लन नसकेपछो राजमार्ग दुवैतर्फी अबरुद्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताउनु भयो । 

 सोमबार र मंगलबार बर्षाको कारण अवरुद्ध भएको सडक बुधबारबाट दुई तर्फी संचालनमा आएको थियो। बिहिवार बिहान सडक चिप्लो भएपछि मालबहाक सवारी पुर्व बाट पश्चिम तर्फ जान नसकेपछि सवारीको जाम लागेको हो। चिप्लो भएको स्थानमा गिट्टी हालेर सवारी चलाउने प्रयास भैरहेको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।