एमसीसी अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

नेपालको विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधारमा टेवा पुग्ने विश्वास
श्रावण १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमसीसी अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ । यो निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रम निर्वाध रुपमा अघि बढ्न बाटो खुलेको छ ।

अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । 

अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएको अमेरिकी दूतावासले जनाएको छ । 

 ५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ दशमलब ७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.