कालीगण्डकी करिडोर अवरूद्ध

श्रावण ६, २०८२ |नवीन पौडेल
कालीगण्डकी करिडोर अवरूद्ध

नवलपुर । कालिगण्डकी करिडोरअन्तर्गत पुर्वी नवलपरासीको गैडाकोटमा सडक अवरूद्ध भएको छ । 

गैंडाकोट नगरपालिका-३ हिउँदे खोला नजिकै मंगलबार बिहान सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको हो । अवरूद्ध भएको सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताउनुभयाे ।

पहिरोको कारण गैंडाकोट हुँदै पाल्पा जाने र पाल्पा बाट गैंडाकोट, चितवन आउने यात्रु अलपत्र परेका छ्न् । पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा लामो समय सवारी जाम हुने र धुलो, हिलोले गर्दा यात्रा कष्टकर हुने हुँदा वैकल्पिक मार्गको रूपमा कालीगण्डकी करिडोरमा पछिल्लो समय सवारी साधनको चाप बढेको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।