बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति अवैध रहेकाे छानबिन समितिकाे निष्कर्ष

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति अवैध रहेकाे छानबिन समितिकाे निष्कर्ष

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति अवैध रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

ओझाको योग्यता र आचरणको सम्बन्धमा छानबिन गर्न गठित समितिले ओझा उक्त पदमा नियुक्तिका लागि योग्य नरहेको निष्कर्ष निकालेको हो । 

उक्त निष्कर्ष सहितको प्रतिवेदन समितिले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको छ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । 

मन्त्रिपरिषद्को असार ३० गतेको बैठकले ओझामाथि छानबिन गर्न समिति गठन गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.