धनुषा । मधेश प्रदेश सरकारले नेपाल घुम्न आउने भारतिय पर्यटकहरु संग अनुचित व्यवहार नगर्न अनुरोध गरेको छ । भारत संग जोडिएको सिमानाकामा सुरक्षा चेकजाँच लगायतका नाममा पर्यटकहरुलाई अनावश्यक झन्झट दिनुका साथै अमानवीय व्यवहारका घटना बढेपछि मधेश सरकारले स्थानीय प्रशासनसंग यस्तो अनुरोध गरेको हो ।
यसै संदर्भमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले मधेशका आठ वटै जिल्ला प्रशासन कार्यालयलाई आज पत्राचार समेत गर्नुभएको छ ।
नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई आबश्यक सहजीकरणको वयवस्था मिलाउन मन्त्री कुशवाहाले पठाउनु भएको पत्रमा उल्लेख छ । सिमानाकामा चेकजाँचको नाममा सुरक्षाकर्मीले भारतीय पर्यटक संग गरेको अनुचित र अमानवीय व्यवहारको घटना एक पछि अर्को दोहरीन थालेपछि केही दिन अघि मात्र प्रतिनिधि सभामा समेत आवाज उठेको थियो ।