सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको उहाँले समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताउनु भयो । 

उहाँकाअनुसार प्रतिवेदनमा बेरूजु फछ्र्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.