काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाकी सांसद अनिसा नेपालीले भिजिट भिसा दुरूपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद् बहिस्कार गर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भएपनि सरकारले नसुनेझै गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडदार माग गरेको छ । तर सरकारले सुनेपनि नसुनेजस्तै गरेको सभामुख महोदय । जबसम्म छानबिन समिति बन्दै तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बहिस्कार गर्दछ ।’
सांसद नेपालीले बाढी-पहिरो पीडितहरूको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।