कुलिङ पिरियडमा हेरफेर : संसदीय विशेष समितिद्वारा काम सुरु

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलिङ पिरियडमा हेरफेर : संसदीय विशेष समितिद्वारा काम सुरु

काठमाडौं । संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियड हेरफेरमा संलग्नको छानबिन गर्न गठित संसदीय विशेष समितिले काम सुरु गरेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज सभामुख देवराज घिमिरेसहित बसेको समितिको पहिलो बैठकले कार्ययोजनाको तालिका बनाउने सहमति गरेको छ । 

समितिको क्षेत्राधिकारअनुसारको कार्यतालिका बनाएर तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी काम सुरु गरिएको सभापति जीवन परियारले जानकारी दिनुभयो ।

पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी समितिलाई २१ दिनको समय दिइएको छ । समितिले निजामती सेवा विधेयकमा सेवा निवृत्त कर्मचारीले अर्को नियुक्ति लिन २ वर्षको कुलिङ अफ पिरियड राख्ने प्रावधान हेरफेरमा संलग्नको पहिचान गरी कारबाहीको सिफारिस गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.