स्वास्थ्य सेवा तत्काल नियमित गर्न चिकित्सक संघ र सरकारलाई आयोगको आग्रह

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य सेवा तत्काल नियमित गर्न चिकित्सक संघ र सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ता अदालतको निर्णयमा देखिएका असहमतिलाई समाधान गरेर स्वास्थ्य सेवा तत्काल नियमित गर्न नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी चिकित्सक संघको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योलता तथा अस्पष्टताहरूलाई सार्थक वार्ता र संवादका माध्यमबाट समाधान खोज्न र असहमतिका सम्बन्धमा कानुनी प्रक्रियाको अवलम्बन गरेर स्वास्थ्य सेवा तत्काल नियमित गर्न सरकार र नेपाल चिकित्सक संघलाई आग्रह गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.