सरकारले १५ वटा समस्याग्रस्त सहकारीका ५६ हजार बचतकर्ताको रकम फिर्ता गर्ने

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले १५ वटा समस्याग्रस्त सहकारीका ५६ हजार बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं । सरकारले १५ वटा समस्याग्रस्त सहकारीका ५६ हजार १०६ बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । ती सहकारीमा बचतकर्ताका ३५ अर्ब रकम रहेकोमा २९ करोड रकम सरकारले दामासाहीका हिसाबले फिर्ता गर्न लागेको हो ।

समस्याग्रस्त सहकारीबाट लामो समयदेखि रकम नपाएका बचतकर्ताको रकम सोमबारदेखि खातामा पठाउने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जानकारी दिएको छ । जम्मा भएको रकम दामासाहीका हिसाबले अर्थात कुल रकम बराबर हुने गरी सम्पूर्ण बचतकर्तालाई बाँड्न लागिएको हो । यसरी फिर्ता पाउने रकममा प्रतिब्यक्ति ६०३ रुपैयाँदेखि ४५ हजारसम्म छ । 

हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ता र गौतम श्री सहकारीका बचतकर्ताले प्रतिव्यक्ति ४५ हजार र शिवशिखरका बचतकर्ताले प्रतिव्यक्ति ६०३ रुपैयाँ मात्रै पाउनेछन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अब ३४ अर्ब ७१ करोड रुपैयाँ फिर्ता गर्नु पर्नेछ । कुल ३८ अर्ब ४२ करोडमध्ये यसअघि केहीको हिसाबकिताब मिलान र केहीलाई रकम गरी ३ अर्ब ७१ करोड फिर्ता भइसकेको समितिले जनाएको छ । सहकारी सञ्चालकले जग्गा दिन चाहे त्यसमा समितिले सहजीकरण गरिरहेको छ । अहिलेसम्म समस्याग्रस्त घोषित भएका २३ मध्ये तीन वटा सहकारीको हिसाबकिताब राफसाफ भएकाले अब फिर्ता गर्न बाँकी सहकारीको संख्या २० रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.