बाजागाजाहरू पनि जनताका आवाज हुन्ः उपप्रमुख डंगोल

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजागाजाहरू पनि जनताका आवाज हुन्ः उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरू पनि रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरूलाई आर्थिक अनुदान सहयोग गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले हरेक टोल, समुदाय, कुच, गुठीहरूमा फरक-फरक खालका मूर्त र अमूर्त सम्पदाहरू रहेको बताउनु भयो । । मूर्त सम्पदाहरू शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने उहाँकाे भनाइ छ । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको उहाँले बताउनु भयो ।

उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरू पुस्तान्तरण गर्दै संस्कृतिहरूको संरक्षण गर्न जरूरी रहेको बताउनु भयो । परम्परागत टोल, गुठी, खलहरूले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको उहाँकाे भनाइ छ । पर्व, बाजा, जात्राहरूमा आफ्नो पहिचान रहेको उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.