जिम्मेवार तहका पदाधिकारीले आफ्नोविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीको आपत्ति

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जिम्मेवार तहका पदाधिकारीले आफ्नोविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीका जिम्मेवार तहका पदाधिकारीले समेत आफ्नोविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । 

पार्टी सचिवालय बैठक चलिरहेका बेला अध्यक्ष माधवकुमार नेपालका नाममा पत्र लेख्दै झाँक्रीले  पार्टीका जिम्मेवार तहका पदाधिकारीले आफूलाई स्पष्टीकरण सोधिएको अभिव्यक्ति दिए पनि आफूलाई स्पष्टीकरण सोधिएको जानकारी नभएको बताउनुभएको छ । 'जिम्मेवार तहका पदाधिकारीका यस्ता अभिव्यक्तिले मलाईभन्दा पार्टीलाई क्षति भएको छ,' उहाँले पत्रमा भन्नुभएको छ । 

एकीकृत समाजवादीको सचिवालय बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने बताइएको छ । साथै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधीन मुद्दा र अहिलेको परिस्थितिबारे छलफल हुने जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.