बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताउनुभएको छ ।

बाफिया विधेयकबारे बिहीवार सिंहदरबारमा भएको अर्थ समितिको बैठकमा चौधरीले अहिले बाफियाले त्यसलाई नसमेटेको बताउनुभएको हो । त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धी व्यवस्था राखिनुपर्ने उहाँले बताउनु भयो । उहाँले नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्ने माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ । अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ? ।’

 बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उहाँले बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.