काभ्रे । लेदोसहितको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा आएको छ । बुधबार साँझ ६ बजेबाट एकतर्फी रूपमा सञ्चालनमा आएको राजमार्ग १७ घण्टापछि आज बिहान साढे ११ बजेबाट दुईतर्फी रूपमै सञ्चालनमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाजुले लेदोसहितको पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गरिएको जानकारी दिनुभयो । स्थानीय तथा ट्राफिक प्रहरीको सहयोगमा एक्सकाभेटर लगाएर सडक खुलाइएको हो ।
बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले अनुरोध समेत गरेको छ ।