विदेशी कमाइबाट स्वदेशमै उद्यम, आत्मनिर्भर अर्थतन्त्रको बाटो

जेष्ठ २२, २०८२ |कमला पाख्रिन
विदेशी कमाइबाट स्वदेशमै उद्यम, आत्मनिर्भर अर्थतन्त्रको बाटो

सिन्धुपाल्चोक । विदेशमा काम गरेर फर्केका अधिकांशको एउटै गुनासो हुन्छ, 'देशमा लगानी गरेर काम गर्ने अवसर छैन ।' त्यसैले विदेशमा श्रम खर्चिएर आर्जन गरेको पैसा र सीप स्वदेशमा लगानी गर्ने कमै भेटिन्छ । विदेशको कमाइ स्वदेशमा ल्याएर लगानी गर्ने सिन्धुपाल्चोकको सानोसिरूबारीका दिनेश घलेको उद्यमशीलता भने लोभलाग्दो छ ।

सिन्धुपाल्चोकको सानोसिरुवारीका ३७ वर्षीय दिनेश घलेलाई दुबईको कमाइ छोडेर गाउँको माटोले तान्यो । ६ वर्ष विदेशमा काम गरेर आर्जन गरेको कमाइलाई उहाँले स्वदेशी माटोमा केही गर्ने लक्ष्यका साथ आफ्नै मामाको करिब २४ रोपनी जग्गामा कृषि फार्म खोल्नु भएको छ । मामाको २४ रोपनी जग्गालाई वार्षिक ४८ हजार भाडा दिनेगरि कृषि फम सञ्चालन गरिएको हो । 

र्फम स्थापनाका लागि ५ लाखको लगानी लाग्यो । विदेशबाट कमाएर ल्याएको पैसा बचत भएकाले उहाँलाई फर्म स्थापनाका लागि ऋण लिनु परेन । पहिलो वर्षमा नै अकबारे खोर्सानीबाट उहाँले १२ लाख अम्दानी गर्नुभयो ।

दिनेशलाई पोत्साहन स्वरूप चौतारा साँगाचोकगढी नगरपालिकाले सिँचाइ पोखरी निर्माणका प्लाटिक र सिँचाइ पाइप सात सय मिटर अनुदानमा दिएका छन । गत वर्ष अकबरे खोर्सानीबााट दोब्बरभन्दा बढी नाफा भएपछि उहाँले यस वर्ष आफनै १८ रोपनी जग्गामा पनि खर्बुजा, काँक्रो, प्याज लगायतका तरकारी फलाएर आम्दानी गरिरहुनुभएको छ । अहिले उहाँको परिवार करिब ४२ रोपनी जग्गामा रहेको फार्ममा बिहानदेखि बेलुकैसम्म खटिने गरेको छ । यो वर्ष गत वर्षभन्दा दोब्बर कमाइ हुने दिनेशको अपेक्षा छ ।

विदेश जाँदा उहाँलाई ऋण लागेको थियो । ऋण चुक्ता गरेरपनि विदेशको कमाइ स्वदेशमै लगानी गरेर कमाउन थालेपछि दिनेशकी श्रीमती सीतालाई आम्दानीसँगै परिवारिक सुख मिलको छ । यो दम्पतीले उत्पादन गरेको खोर्सानी र त्यसको अचारको बजार नेपालबाहिर पनि छ ।

कोदो-मकै फल्ने मामा विष्णबहादुर श्रेष्ठको जग्गा भाडामा लिएर दिनेशले कृषि फार्म खोल्नुभएको छ । सिँचाइ सुविधाका लागि २४ रोपनीमा पोखरी बनाउनुभएको छ । कोदो मकै रोप्दा वर्ष ३० देखि ४० हजार ? कमाइ हुने गरेकोमा भाञ्जाको महिनेतले लाखौा आम्दानी भएको देखेर मामा विष्णु पनि दंग हुनुहुन्छ ।

आर्थिक अवस्था कमजोर र रोजगार नभएका कारण अभावले गाँजिएकाहरूको विदेशमा गरेको परिश्रमका कारण अहिले धेरैको जीवनशैलीमा परिवर्तन आएको छ । विदेशको कमाइले नेपालमा उद्यमशीलता आत्मनिर्भर अर्थतन्त्रको आधार बनेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।