धादिङ । धादिङको नेत्रावती डबजङ गाउँपालिका भित्रका बेरोजगार नागरिकलाई रोजगार सृजना गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रले गाउँपालिका भित्रका १८ देखि ५९ वर्ष उमेर समुहका ७० जना नागरिकलाई अभिमुखिकरण गरिएको हो ।
रोजगार श्रीजना गर्नेगरी तालिम समेत सञ्चालन गरीरहेको गाउँपालिकाले सहभागीलाई रोजगारमा प्रेरित गर्ने अपेक्षा गरेको छ । गाउँपालिकाले गत वर्ष मात्र नवीन कार्यक्रमअन्तर्गत ५ सय ४० जना युवालाई रोजगारी प्रदान गरेको बताएको छ ।