१३औं ‘कान्तिपुर हाफ म्याराथन’ हुँदै

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
१३औं ‘कान्तिपुर हाफ म्याराथन’ हुँदै

काठमाडौं । ‘कान्तिपुर हाफ म्याराथन’को १३औं संस्करण ७ बजेदेखि सुरू हुँदैछ । ‘लेट्स रन फर ग्रिनर टुमरो’ नारासहित यस वर्ष ‘कान्तिपुर हाफ म्याराथन’को आयाेजना गरिएकाे हाे ।

यस वर्षको ‘कान्तिपुर हाफ म्याराथन’मा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको छ । कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरू हुनेछ ।

यस संस्करणको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ महिला र पुरूषको फरक इभेन्ट हुनेछ । हाफ म्याराथन २१.१ किमि, कलेज रन ७ किमि, कर्पोरेट एन्ड सेलेब रन ५ किमि र ह्विलचेयर रेस ३ किमि दुरीमा हुनेछ । सबै विधामा गरी ३ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ । 

७ बजेदेखि सुरू हुनेहाफ म्याराथनकाे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । हाफ म्याराथनका पुरूष र महिला विजेताले जनही १ लाख ५० रूपैयाँ पुरस्कार जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने सके थप २५ हजार जित्नेछन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् ।

ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रूपैयाँ जित्नेछन् । हाफ म्याराथनको कान्तिपुर म्याक्स टेलिभिजन, ई-कान्तिपुर डटकम, कान्तिपुर इभेन्टको युट्युब पेजबाट प्रत्यक्ष प्रसारण गरिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.