काठमाडौं । साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिका-९ निवासी चालिसे गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक समेत रहनुभएको थियो ।
चालिसेले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेख्नुभएको छ । केही समयअघि मात्रै उहाँको 'युगसन्धि' नामक उपन्यास बजारमा आएको थियो ।
चालिसे २००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिनुभएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुनुहुन्छ ।