मनसुन प्रतिकार्य कार्ययोजना पारित

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मनसुन प्रतिकार्य कार्ययोजना पारित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा आज बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाई पेश गरिएको र बैठकले पास गरेको जानकारी दिनुभयो । 

गत वर्षको बाढीबाट चोभारमा जाम भएर बहाव अवरुद्ध हुन गई भएको डुबानबाट पाठ सिक्दै अब हुन नदिन लागि शहरी विकास मन्त्राललको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोध हटाउने भन्ने निर्णय भएको उहाँले बताउनुभयो । 

मनसुन प्रतिकार्य कार्ययोजना अब कार्यान्वयनमा गएको उहाँको भनाइ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.