जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको स्पष्ट पार्नुभएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरू भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । 

उहाँले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको भन्दै यो अब अहिलेको समयको सबैभन्दा ठूलो चुनौती बनेको उल्लेख गर्नुभयो । 

पृथ्वी, जनता, समृद्धिमा यसले ठूलो प्रभाव पार्ने उहाँकाे भनाइ छ । जलवायु परिवर्तनबाट कुनैपनि समाज पूर्ण रूपमा सुरक्षित नरहेको उहाँले बताउनु भयो । जलवायु परिवर्तनको असरमा नेपालको भुमिका नरहेपनि नेपालले नै सबैभन्दा बढी क्षति व्यहोरिरहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भुमिका उल्लेख्य रहेको भएपनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.