काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
शुक्रबार सिंहदरबारमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका र्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पारित भएको हो ।
समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको बताउनु भयो । उहाँले धेरै समय पछाडी उक्त महत्वपूर्ण विधेयक पारित पर्न सफल भएको जिकिर गर्नुभयो । उहाँले विधेयक पारित गर्न महत्वपूर्ण सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
उहाँले भन्नुभयो, “संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको छ । सबैलाई धेरै-धेरै धन्यवाद छ । यो धेरै महत्वपूर्ण विधेयक थियो हामीले धेरै समय पछि पारित गर्न सफल भएका छौं ।”
विधेयकमा कुलिङ पिरियड दुई वर्ष र निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पुर्याइएको छ । अर्को सूचना जारी नहुन्जेल समितिको बैठक स्थगित भएको छ ।