हुम्ला । हिमाल पारी रहेको लिमिको तिल गाउँमा गएराती एक्कासी बाढी आएको छ । नाम्खा गाउँपालिका-६ को तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा राती ११ बजेबाट बाढी आएको नाम्खा-६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनुभयाे ।
बाढी आएसँगै स्थानिय बासीन्दालाई राती नै सुरक्षित स्थान हिमशिखर आधारभुत विद्यालयको प्राङ्गणमा सारिएको वडा सदस्य लामाले बताउनुभयाे ।
बिनावर्षा एक्कासी बाढी आउँदा स्थानियवासी अचम्बित भएका छन । यसरी बाढी आउनुको कारण गाउँमाथी रहेको हमिताल फुटेर बाढीआएको हुन सक्ने वडा सदस्य लामालले बताउनुभयाे ।
राती एक्कासी बाढी आउँदा तिल गाउँबाट गुम्बा अवत-जावत गर्नेबाटो अवरोध भएको छ । तिलगाउँमा राती नै बाढी आएको भएपनि हामी काहाँ अहिले बिहान ८ बजे मात्र खबर भएकाले लिमि सिमा प्रहरी चौकी पुन:स्थापना भइ नसकेको र सिमा प्रहरी चौकी हिल्साबाट प्रहरी घटनास्थलमा पुग्न ६ घण्टा र ६ नम्बर वडा अध्यक्ष पुग्न २ घण्टा समय लाग्ने भएकाले प्रहरी पुगेपछि मात्र बाढीले गरेको क्षतिको एकिन विवरण आउने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयाे ।
अहिलेसम्म कुनै मानवीय क्षति नभएको र त्यहाँ रहेका १८ घरपरिवार सामुदायिक विद्यालयमा सुरक्षित राखिएको प्रजिअ पाण्डेयले जानकारी दिनुभएकाे हाे ।
हिमताल फुटेर हो वा चीनको तिब्बत भीषण वर्षा हुँदा बाढी आएको हुन सक्ने आशंका नाम्खा-६ का वडाअध्यक्ष पाल्जोर तामाङले गर्नुभएकाे छ ।