काठमाडौं । विश्व फुटवलको सर्वेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको साउदी अरब भ्रमणका क्रममा स्ट्यान्डिङ ओभेसन प्राप्त गरेका छन ।
रियादमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्बोधन गरिरहँदा इन्फान्टिनोले सम्मान प्राप्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले साउदी अरेबियाले कसरी खेलकुदका मुख्य प्रतियोगिताहर"को आयोजान गरिरहेको छ भन्ने चर्चा गरेका थिए ।
जसमा सन २०३४ को फिफा विश्वकप पनि समावेश थियो । उनले अमेरिकाले पनि मेक्सिको र क्यानडासँग मिलेर आगामी संस्करणको विश्वकप गर्न लागेको सुनाए । ट्रम्पले उत्कृष्ट काम गरिरहेको भन्दै इन्फान्टिनोलाइ स्ट्यान्डिङ आभेसन दिन आग्रह गरेका हुन् ।
ट्रम्पको भ्रमणमा समावेश हुन इन्फान्टिनो रियाद आइपुगेका हुन् । उनले २०२२ को फिफा विश्वकप आयोजक कतारको पनि भ्रमण गर्ने बताइएको छ ।
जहाँ ट्रम्पको पनि भ्रमण तालिका छ । कतारपछि इन्फान्टिनो पाराग्वे प्रस्थान गर्नेछन् । पाराग्वेमा फिफाको ७५औं वार्षिक साधारण सभा हुँदैछ । जहाँ फिफाका सबै २ सय ११ सदस्य राष्ट्रको सहभागीता हुने बताइएको छ ।