नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग स्थानियद्वारा बन्द, विरोध प्रदर्शन जारी

वैशाख २५, २०८२ |जे पाण्डे
नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग स्थानियद्वारा बन्द, विरोध प्रदर्शन जारी

नेपालगन्ज । नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग स्थानियले बन्द गरिदिएको छ ।

कर्णाली प्रदेश जोड्ने १ सय ३२ केभी विघुत प्रसारणलाईन बस्तीमाथि परेकाले उठिबास हुने अवस्था आएको भन्दै प्रभावित बासिन्दाले आज राजमार्ग बन्द गरेका हुन् ।

राजमार्ग बन्द भएको कारण त्यहाँ यातायात ठप्प भएको छ । राजमार्ग बन्द गर्ने प्रभावित बासिन्दाले विरोध प्रदर्शन समेत गरेको छ भने विरोध गरेका केहि बासिन्दालाई प्रहरीले नियनत्रणमा लिएको छ ।

उक्त राजमार्गमा विरोध प्रदर्शन भने जारी छ । 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।