संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठकमा आर्थिक वर्ष २०८२-०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आ.व. २०८२-०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.