काठमाडौं । इटालियन सिरी आमा एसी मिलानले जेनोआविरुद्ध २-१ गोलको रोमाञ्चक जित हात पारेको छ । १ मिनेटको अन्तरालमा २ गोल गरेपछि मिलानले पुनरागमन जित हात पारेको हो ।
पहिलो हाफमा जेनोआ हावी देखिएको थियो । तर मिलानका गोलकिपर माइक मैननले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे । दोस्रो हाफमा लगातार झरी परिरहेकोले खेल पटक-पटक रोकिएको थियो ।
६१औं मिनेटमा भित्रिएका वैकल्पिक लागी भिटिन्हाले मैदान प्रवेश गरेको एक मिनेटमै आफ्नो प्रभाव देखाए । भिटिन्हाले पहिलो टचमै गोल गर्दै जेनोआलाई अग्रता दिलाए ।
तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७६औं मिनेटमा राफाएल लियाओले बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि मोर्टेन फ्रेन्डरूपले आफ्नो पोस्टमा आत्मघाती गोल गरेपछि उपहार गोलमार्फत् मिलानले जित सुनिश्चित गर्यो ।
जितसँगै मिलानले ३५ खेलमा ५७ अंक जोडेको छ । उ लिगको नवौं स्थानमा छ । समान खेलमा ३९ अंक सहित जेनोआ १३ औं स्थानमा छ ।