धादिङ । निर्माणाधीन मुग्लिन-नागढुङ्गा सडकको नागढुङ्गा-पिपलामोड खण्ड आजदेखि आंशिक रुपमा बन्द भएको छ ।
यस सडक खण्ड अन्तर्गत त्रिभुवनराजपथको पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार अन्तर्गत आज २२ गतेदेखि बैशाख ३१ गतेसम्म दैनिक राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन बन्द हुने बताइएको छ ।
मुग्लिन सडक योजना - पूर्वी खण्डले सो समयमा काठमाडौँबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोष्ट र काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई धादिङको खत्रीपौवामा रोक्ने जनाएको छ ।
आयोजनाले सो समयमा यात्रा गर्ने सवारीसाधनका लागि सीतापाइला-भीमढुङ्गा-रामकोट-धार्के सडक तथा सामाखुसी-टोखा-गुर्जेभन्ज्याङ-छहरे-त्रिशुली-गल्छी सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
सडक बन्द हुने समयमा बिरामी बोकेका एम्बुलेन्स, प्रहरी दमकल जस्ता सवारी साधनहरू भने आउजाउ गर्न पाउने छन् ।