धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुने

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुने

धनकुटा । धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव आयोजना हुने भएको छ ।

घरेलु तथा साना उद्योग महासंघ धनकुटाले वैशाख २३ बाट जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी र पर्यटन उत्सव आयोजना गर्न लागेको हो । 

प्रदर्शनीमा स्थानीय लघु, घरेलु र साना उद्योगबाट उत्पादित बस्तु तथा सेवाको प्रदर्शनीका साथै कोशी पर्यटन २०८२ लाई सघाउ पुर्‍याउन पर्यटन गन्तव्यका बारेमा जानकारी र टुर प्याकेजको व्यवस्था मिलाइएको आयोजक समितिका संयोजक बिजयसन्तोषी राईले जानकारी दिनुभयो । 

प्रदर्शनीमा स्थानीय घरेलु उत्पादन तथा सेवाका ३५ भन्दाबढी स्टल रहने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.