दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ सम्म यातायात रोकेर सडक निर्माणको काम

वैशाख २, २०८२ |नवीन पौडेल
दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ सम्म यातायात रोकेर सडक निर्माणको काम

नवलपरासी । बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा रातको समयमा यातायात रोकेर मर्मत तथा सडक विस्तारको काम सुरु भएको छ ।

सडक निर्माणका कारण यात्रुले दुःख पाएको भन्दै सडक विभाग र प्रशासनले हिजो बैशाख १ गतेदेखि रातको ११ बजेदेखि बिहान ५ बजे सम्म यातायात सञ्चालनमा रोक लगाएर काम थालेको सडक विस्तार आयोजना पूर्वी खण्डका सूचनाअधिकारी शिव खनालले बताउनुभयो ।

२०७५ सालमा सुरु भएको १ सय १४ किलोमिटर सडक विस्तारको काम ६० प्रतिशत मात्र निर्माण सकिएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।