शिक्षकहरुको आन्दोलन १०औं दिन पनि जारी

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिक्षकहरुको आन्दोलन १०औं दिन पनि जारी

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन दशौं दिन पनि जारी छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

आन्दोलनको नवौं दिन हिजो शिक्षामन्त्रीसहितको उच्चअधिकारी र शिक्षक महासंघवीच छलफल भएको थियो । सामान्य छलफलबाहेक केही नभएपछि शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । 

देशभरका शिक्षक तथा कर्मचारीले शैक्षिक हडताल नै गरेर काठमाडौं केन्द्रित भई १० दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.