राजावादी प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरूको सूचना उपलब्ध गराउन प्रहरीको आग्रह

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजावादी प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरूको सूचना उपलब्ध गराउन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको अराजक गतिविधिमा संलग्नमाथि अनुसन्धानका लागि प्रमाण संकलन गर्न थालेको छ । प्रहरीले एक सूचना जारी गर्दै आगजनी, तोडफोड, लुटपाट तथा अन्य गैरकानुनी क्रियाकलापमा संलग्नहरूको फोटो, भिडिओ वा संलग्न व्यक्तिको विवरण भए उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजावादीहरूको प्रदर्शनका क्रममा शुक्रबार हिंसात्मक गतिविधि भएको थियो । सञ्चार गृह, राजनीतिक दलका कार्यालय, निजी घर, व्यापारिक केन्द्र तथा सवारी साधनहरू तोडफोड र आगजनी गरिएको थियो । उक्त प्रदर्शनमा कान्तिपुर टेलिभिजनमा पनि आक्रमण भएको थियो ।

प्रहरीले सूचना दिने व्यक्तिको गोपनीयता कायम रहने पनि जानकारी गराएको छ । प्रहरीले [email protected] मा सूचना तथा जानकारी पठाउन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.