जरिवाना पत्र बुझाउन गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जरिवाना पत्र बुझाउन गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना काटेको पत्र बुझाउन गएको महानगर प्रहरी बलको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा फोहोर गरेको सार्वजनिक संरचना तोडफोड गरेको भन्दै महानगरले ज्ञानेन्द्र शाहका नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । 

शाहका नाममा महानगरले ८ वटा पत्र काटेको थियो । सोही पत्र बुझाउन गएको टोलीलाई गेटबाटै शाहको सचिवालयले फर्काएको हो ।

निर्मल निवासले महानगरको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले अर्को प्रक्रियाबाट अघि बढ्ने जानकारी दिनुभएको छ । प्रमुख पाण्डेले हुलाकमार्फत पत्र पठाउने तयारी गरिएको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.