पत्रकारको हत्या र सञ्चारगृहमाथि हिंसात्मक गतिविधि गरेको विरोधमा देशभरका पत्रकारहरू कालोपट्टी बाँधेर काममा(तस्बिरसहित)

कान्तिपुर टेलिभिजन प्रतिष्ठानमा कार्यरत पत्रकारले पनि कालोपट्टी बाँधेर काममा
चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पत्रकारको हत्या र सञ्चारगृहमाथि हिंसात्मक गतिविधि गरेको विरोधमा देशभरका पत्रकारहरू कालोपट्टी बाँधेर काममा(तस्बिरसहित)

काठमाडौं ।  राजसंस्था पुनः स्थापनाका नाममा योजनाबद्ध रुपमा पत्रकारको हत्या र सञ्चार गृहमा भएको आक्रमणको विरोधमा देशभरका पत्रकारहरुले आज कालोपट्टी बाँधेर काम गरिरहेका छन ।

नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । महासंघले आन्दोलनका नाममा सुनियोजित रुपमा पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर टेलिभिजनलगायतका सञ्चार गृहमा आक्रमण गरेको भन्दै देशव्यापी विरोधको घोषणा गरेको हो ।

सोही विरोधमा ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन प्रतिष्ठानमा कार्यरत पत्रकारले पनि कालोपट्टी बाँधेर काम गरेका हुन् ।

पत्रकार हत्या र सञ्चारगृहमाथि भएका आक्रमणमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन पनि महासंघले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.