काभ्रे । काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
उहाँलाई बैंकिङ कसुरको ठगीमा प्रहरीले पक्राउ गरेको हो । उहाँलाई अदालतको फैसलाअनुसार कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँका परिसरका प्रवक्ता एसएसपी अपील बोहोराले जानकारी दिनुभयो ।
उहाँ अखिलका पूर्व अध्यक्ष तथा नेकपा एसका नेता तथा जिसस काभ्रेका बहाल वाला प्रमुख समेत हुन्।