परराष्ट्रमन्त्रीको स्वीकारोक्ति : विदेशमा नेपाली कहाँ र कसरी पुगेका छन् भन्नेबारे मन्त्रालयलाई नै थाहा छैन

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्रीको स्वीकारोक्ति : विदेशमा नेपाली कहाँ र कसरी पुगेका छन् भन्नेबारे मन्त्रालयलाई नै थाहा छैन

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्नेबारे परराष्ट्र मन्त्रालयलाई नै थाहा नभएको बताउनुभएको छ । वैदेशिक रोजगारी तथा आप्रवासन क्षेत्रमा हाल देखिएका समस्याहरूको समन्वयात्मक रूपमा समाधान गर्ने विषयमा आज बसेको परराष्ट्र, गृह र श्रम तथा रोजगारमन्त्रीको संयुक्त बैठकमा मन्त्री राणाले विदेश गएका नागरिकको विवरण परराष्ट्र मन्त्रालयसँग नभएको बताउनुभएको हो । 

उद्धार गर्नुपर्ने अवस्थामा मात्र विदेश गएका नेपालीबारे थाहा हुने अवस्था रहेकाले सरोकारवाला तीनै मन्त्रालयको नेतृत्वबीच छलफल गर्न बैठक गरिएको जनाइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले श्रम कूटनीति अहिले नेपालका लागि अत्यावश्यक रहेको भन्दै घरेलु कामदारको श्रम स्वीकृति नवीकरण गरेर व्यावहारिक बनाउनुपर्ने बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement