दाङ । दाङको घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधबार साँझ साढे आठ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षती पुगेको हो ।
साँझको समयमा पसल बन्द गरेर व्यवसायी घर गइसकेको समयमा एक्कासी आगलागी हुँदा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक शाहका अनुसार अन्य पसलमा पनि क्षति भएको छ ।
पसलमा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकलसँगै नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा ल्याएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभएको छ । पसलमा आगलागी कसरी भयो र के कति क्षति भयो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभएको छ ।