काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार दशरथ राईलाई मातृशोक परेको छ । राईकी आमा वीरशोभा राईको मंगलबार बिहान निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित उहाँ केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उदयपुरको चौदण्डीगढी नगरपालिका- ४, बसाहा निवासी उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका पति धनकुमार राईको ९ महिनाअघि निधन भएको थियो ।
कान्तिपुर टेलिभिजन परिवार पत्रकार राईका आमाप्रति हार्दिक श्रद्धाञ्जली साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदन व्यक्त गर्दछ ।