ओलम्पिक कमिटीका पदाधिकारीको पासपोर्ट रोक्का गरी कारबाही थाल्ने खेलकुदमन्त्रीको दाबी

माघ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिक कमिटीका पदाधिकारीको पासपोर्ट रोक्का गरी कारबाही थाल्ने खेलकुदमन्त्रीको दाबी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकार र अदालतको आदेश समेत उल्लंघन गरेको भन्दै नेपाल ओलम्पिक कमिटी कार्यालय सरकारले नियन्त्रणमा लिने बताउनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम सरोकारमा खेलकुदमन्त्री चौधरीले ओलम्पिक कमिटीमा ताल्चा लगाउने, पदाधिकारीको पासपोर्ट रोक्का गर्ने र भ्रष्टाचार एवं कीर्तेको आरोपमा कारबाही अघि बढाउने बताउनुभयो ।

उहाँले अधिकृत तहमा प्रवेश गर्न खेलाडीका लागि स्नातक प्रमाणपत्र नचाहिने व्यवस्था गर्ने योजना रहेकोसमेत बताउनुभयो । मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न आउँदो असारभित्रै ४ सय खेलाडीलाई रोजगारी सुनिश्चित गरिने र १० लाख रुपैयाँसम्मको बीमा गरिने पनि बताउनुभयो । 

खेलाडीका बालबच्चाका लागि आउँदो शैक्षिक सत्रबाट कक्षा-१२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको मन्त्री चौधरीको भनाइ छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिव रमेश सिलवाल र १३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी आयशा शाक्यले खेलाडीको पलायन रोक्न विशेष कार्यक्रम घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।

कार्यक्रम सरोकार आज राति ९ बजे प्रसारण हुनेछ । यो कार्यक्रम कान्तिपुर टिभीको एप, युट्युब लगायतका सोसल प्लेटफर्ममा पनि हेर्न सकिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement